देवदहमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

देवदह // रुपन्देहीको देवदहमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर बाल संजाल , देवदह नगरपालिकाको आयोजना , अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र सक्षम परियोजना बुटवल को सहकार्य र देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यलयकोको सहयोगमा नगर स्तरिय बाल अपाङ्गता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा देवदह नगरपालिका भित्र रहेका विभिन्न स्कुलबाट विद्यार्थीहरुको बाक्लो सहभागीता रहेको थियो । कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र सक्षम परियोजनाका जिल्ला सुपरभाइजर लेखनाथ आचार्यले बालमैत्री र अपाङ्गता, सोइया महिला स्वावलम्बी संस्थानको कर्मचारी रति पराजुलीले बाल अधिकार, देवदह प्रहरी चौकिका इनिस्पेक्टर दिपक महत क्षेत्रीले लागु पदार्थ दुर्वेसन, समाजिक व्यक्तित्व दिपेश मल्लले नेतृत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नगर बाल संजालका पदाधिकारी लाई
प्रमुख अतिथी समेत रहनुभएका देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापाले सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रम नगर बाल संजाल देवदहका उपाध्यक्ष श्याम मौर्यको अध्यक्षता र सचिब राहुल सापकोटाको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: