थारु महिलालाई ढकिया बुनाई तालिम

सुरज भट्टराई , देवदह। रुपन्देहीको देवदहमा ढकिया बनाउने तालिम सम्पन्न भएको छ । थारु श्रीष्टी महिला समूहको आयोजना र देवदह नगरपालिका वडा वडा नं ४ को सहयोगमा १२ दिने ढकिया बनाउने तालिम आज शुक्रबार सम्पन्न भएको हो । देवदह नगरपालिका वडा नं ४ स्थित महिला जागरण सहयोग समुहको भवनमा चैत्र २२ देखि तालिम संचालन भएको थियो । उक्त तालिममा थारु समुदायका ३० जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमको ससिकला चौधरी र कुनजरीया चौधरीले सहजीकरण गर्नु भएको थियो ।

सो कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिका वडा नं ४ को वडा अध्यक्ष दिपक चापागाईंले यस कार्यक्रमले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउनुका साथै आत्मनिर्भर बन्ने सकिने बताउनुभएको थियो । ढकिया बनाउने तालिमले थारु जातिको संस्कृती झल्काउने र समाज विकासमा सहयोग पुर्याउने कुरा पनि बताउनु भएको थियो।

उक्त कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य सान्ता भट्टराई , वडा नं ४ को वडा सदस्य राम बहादुर चौधरी , महिला सदस्य आशा मुसहर लगाएतको उपस्थिति थियो ।थारु श्रीष्टी महिला समूहको अध्यक्ष निर्मला देवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रम लक्ष्मी कुमारी चौधरीको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: