देवदहमा एक महिने मखमल जुत्ता बनाउने तालिम सम्पन्न

सुरज भट्टराई,देवदह । रुपन्देहिको देवदहमा एक महिने मखमल जुत्ता बनाउजे तालिम समापन भएको छ। ग्लोबल ट्रेनिङ सेन्टरको व्यवस्थापन तथा देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यलयको आर्थिक सहयोगमा उक्त तालिम भएको हो।

कार्यक्रमकको प्रमुख अतिथी समेत रहनुभएका देवदह नगरपालिकाको नगर प्रमुख हिरा केसीले समापन समारोहमा बोल्दै कुनै पनि तालिम लिई सकेपछि त्यो प्रमाणपत्रमा मात्रै सीमीत नगरी एउटा सक्षम महिलाको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने कुरा जोड दिनुभएको थियो। महिलालाई अहिलेको प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको र सोहि कुरालाई मध्यनजर गर्दै आयमूलक सीप विकासका लागि तालिमहरु नगरपालिकाले व्यवस्था गरेको बताउनुभयो । उहाले सिप सिक्दै र त्यसलाई व्यवसायीक बनाउदै महिलाहरुले समाजको नेतृत्व लिन अगाडि सर्न आवश्यक रहेको बताउनु भयोे ।

तालिममा प्रशिक्षक नम्रता पचभैया मगर र भगवती बस्यालले प्रशिक्षण दिनुभएको थियो । तालिममा देवदह नगरपालिका वडा नं ७ र ८ का गरी ४० जना महिलाहरु सहभागी रहेका ग्लोबल ट्रेनिङ सेन्टरका प्रवन्धक निर्देशक हेमा वेलबासेले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा देवदह नगरपालिका–७ का वडा अध्यक्ष पदमबहादुर थापा, माया ज्ञवाली, मूना चालिसे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रम देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता र देवदह नगरपालिका वडा नं ७ कि वडा सदस्य सरस्वती पोख्रेलको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: