राप्रपाद्वारा संचारकर्मी ,संस्था, सहयोग गर्ने ब्यक्ति लगायतलाई सम्मान

देवदह // रुपन्देहीको देवदहमा राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर कार्यसमितिले कोरोना भाईरसको माहामारीको बेला अग्र पंक्तिमा रहेर काम गरिरहेका संचारकर्मी ,संस्था, सहयोग गर्ने ब्यक्ति लगायतलाई सम्मान गरेको छ । होटल ॐ दर्शन एण्ड पार्टी प्यालेसको सभाहलमा आयोजित एक कार्यक्रम विच राप्रपाका केन्द्रिय कार्यसमिति सदस्य तोयानाथ लम्सालले दोसल्ला ओढाएर र राप्रपाका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य ताहिर अलीले सम्मानपत्रले समान्न गरेका हुन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका राप्रपाका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य ताहिर अलीले हामी हाम्रा आखाले छ्ट्पटाईरहेका मान्छेलाई देख्न सक्दैनौ , हामी यहि सिकेका छौ र राप्रपाले येहि सिकाको बताउनुभयो । यो कोरोना महामारीको बेला दुनिया सुतिरहेको बेला राप्रपा का कार्यकर्ता जागिरहेका बताउनुभयो । उहाले आफुहरुले मानबता विर्सिएका छैनौ र सधा नागरिकको हक हित को लागि काम गरि रहने कुरामा जोड दिनुभयो । राप्रपा देवदह अरुको लागि उदाहरण बनेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमको अध्यक्षयता गरिरहनुभएका राप्रपा देवदह नगर कार्यसमितिको अध्यक्ष माधव रिमालले कार्यक्रममाथी प्रकाश पार्दै राप्रपा देवदहले पहिलो चरण को महामारीको बेला पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरेको र यो बेला चाहिँ त्यतिले नहुने र मानिसहरु अस्पताल सम्म जान पनि साधन नपाउने जस्तो समस्या देखिएकोले आफुहरुले निशुल्क सवारी साधन अस्पताल सम्म पुर्याउने व्यवस्था गरेको बताउनु भयो । उहाले माहामारिको समयमा १२ सय मानिसलाई अस्पताल सम्म उक्त निशुल्क सवारीले साधनले पुर्याएको बताउनुभयो ।

अभियानमा आर्थिक, भौतिक र नैतिकका साथै प्रचारप्रसारमा सहयोग गर्ने देवदह क्षेत्रका स्थानिय समाजसेवी प्रदिप न्यौपाने, लक्ष्मण तिवारी, जगदिप पाठक, कृष्ण आचार्य, लिलादेवि भुर्तेल, सुसमीत तिवारी, रेम्बो एकेडेमी, उद्योग वाणिज्य संघ देवदह, उज्यालो लालटिन, प्रहरी चौकी देवदह, दिर्घायी नेपाल, अनेरास्ववियु देवदह कमिटि, भुपु विद्यार्थी समाज महामाया विद्यालय, संचार क्षेत्रबाट सहयोग गर्ने बुटवलटुडे दैनिक, बुद्घ टिभिका केशव पराजुली , सेतोमसी मिडिया, गुरास मिडियाका निर्मल एस पि मगर , रबिन्द्र गुप्ता, गोबिन्द घर्ती, कामना दैनिकका सुरज भट्टराई, देवदह टेलिभिजनका टंक सुनार लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राप्रपा को केन्द्रीय कार्यसमिति सदस्य तोयानाथ लम्साल , राप्रपा क्षेत्र नं १ क का अध्यक्ष हेमलाल गौतम लगाएतले बोल्नुभएको थियो । कार्यक्रम राप्रपा नगर कार्यसमितिको उपाध्यक्ष विनोद विकको स्वागत र कमल पाण्डेको संचालनमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: